च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
पाल्पा – नेपाल सरकारले एक करोड रुपैयाँ भन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयन भएको छैन ।
गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष नै डोजर मालिक भएकाले यो निर्णय कार्यान्वयन नभएको हो । सरकारले गत फागुन १ गतेदेखि कार्यान्वयन हुनेगरी निर्णय गरेको थियो ।
अहिले गाउँँपालिकाका वडा नं. ७ र ८ मा पर्ने चिसापानीदेखि हात्तिगौंडासम्म मोटरबाटो चौडा गराउने काम भइरहेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको यो योजनाको काम जारी रहेको छ । यो योजनाका लागि १५ दिन अघिदेखि डोजर प्रयोग गरेर काम थालिएको छ ।
काम अन्तिम चरणमा पुगेको वडा नं. ८ का वडा अध्यक्ष थमान रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डोजर प्रयोग गर्ने नगर्नेबारे गाउँपालिकाले कुनै निर्णय गरेको छैन, यो बजेटको काम पनि गाउँपालिकामार्फत नै गरिएको हो ।” वडा नं. ७ मा पर्ने बल्ढेङ्गढीको खड्केनीपोखरामा पनि हाल रु सात लाख बजेटमा बाटो निर्माणमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीकै डोजर चलिरहेको स्थानीयले बताएका छन् ।
बल्ढेङ्गढीकै गहतेमा पनि रु १२ लाख बजेटको बाटो अध्यक्ष कार्कीकै डोजर प्रयोग गरेर निर्माण काम गरिएको छ । दुईसाता अघि मात्र उक्त काम सकिएको छ । बल्ढेङ्गढीकै चिदीपानीमा दुई लाख रुपैयाँको बजेटमा पनि वडा अध्यक्ष देवेन्द्र पुनका भिनाजुको डोजर प्रयोग गरेर करिब एक किलोमिटर नयाँ बाटोको ट्रयाक खोलिएको छ ।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भन्नुभयो, “काम गर्ने जनशक्ति नभएकाले होला त्यसो गरिएको, कहाँ के भइरहेको छ म बुझौंला ।” स्थानीयका अनुसार अध्यक्ष कार्की र उहाँका आफन्तका गरी आधा दर्जन डोेजरले गाउँपालिकाभित्र काम पाएका छन् । आठ वडा रहेको गाउँपालिकाभित्र अध्यक्षसहित चार वडा अध्यक्षको डोजरमा लागानी रहेको स्थानिय भुवन रायमाझीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।