च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - नेपाली कांग्रेसले जागरण अभियानअन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । कांग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो ।
कार्यक्रमलाई छोटो र छरितो बनाउने नाममा आसन र भाषणमा देशभरि महिलाले मौका नै नपाउने अवस्था देखिएपछि उनीहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेत्री डिला सङ्ग्रौला, पुष्पा भुसाललगायतलाई एकहप्ता अगाडि ध्यानाकर्षणपत्र बुझाएका थिए ।
महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले आफूले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै सच्याउने आश्वासन दिनुभएको थियो । उहाँको आश्वासन अनुसार पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र शुक्रबार जारी गर्दै हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिएको छ ।
जागरण अभियानका कार्यक्रममा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिको मात्र आसन ग्रहण र उनीहरूकै मात्र भाषण हुने तालिका रहेकोमा अव महिलावक्ता पनि थपिएका छन् । मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम बहिष्कार गर्नेसम्मका चेतावनी नेतृहरुले दिएपछि पार्टीले परिपत्र सच्याउन बाध्य भएको महासमिति सदस्य निमा गिरीले बताउनुभयो ।
'देशको संविधान र पार्टीको विधानमा उल्लेख गरिएको समावेशीतालाई ख्याल गर्न माग गर्दै हामीले नेतृत्वको ध्यानाकर्षण गराएका थियौँ, उहाँहरुले गल्ती महसुस गरी सच्याउनु भयो, यसले समावेशीतालाई नेतृत्वले अस्वीकार गर्न सक्दैन भन्ने पुष्टि भएको छ',गिरीले भन्नुभयो ।
काङ्ग्रेसले एक महीने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा शुरु गर्न लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।