च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - लगातार घट्दै आएको शेयर बजार आज भने झण्डै २२ अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य एक अङ्कले बढेको छ । सेन्सेटिभ परिसूचक भने एक दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । उच्च अङ्कले नेप्से परिसूचक वृद्धि भएपनि कारोवार रकम भने त्यसैअनुसार वृद्धि हुन सकेन । कूल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर ६३ करोड ३६ लाख ५३ हजार ५२९ रुपैयाँ मूल्यमा कारोबार भयो ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह शुन्य दशमलव ८५ बिन्दुले घटेको छ । बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् तीन दशमलव ३६, वित्त एक दशमलव ७६, निर्जीवन बीमा चार दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन् ।
स्टकका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३८८ मा रु चार करोड ९४ लाख १५ हजार १५२ मूल्यमा शिवम्को कारोवार भयो । यस्तै जनता बैंकको रु तीन करोड ८६ लाख ५४ हजार ६७८, नेपाल बैंक लिमिटेड रु तीन करोड ८५ लाख ५२ हजार ३५९, एनएमबी बैंक रु तीन करोड १० लाख १४ हजार ३७७, प्रभु बैंक रु दुई करोड ४० लाख ९४ हजार नौ, नेको इन्स्योरेन्स रु दुई करोड दुई लाख एक हजार ८५८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९ दशमलव ७८ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ७०, शिवम् सिमेन्ट ८ दशमलव ३८, मेगा बैंक ६ दशमलव शून्य ४, बैंक अफ कमाठमाण्डौ ५ दशमलव ४५, एशियन लाइफ इन्स्योरेन्स ४ दशमलव ६०, जनता बैंकका शेयरधनीले ४ दशमलव ५२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै पाँचथर पावर कम्पनीका शेयरधनीले ६ दशमलव २७ प्रतिशतले गुमाए । मिर्मिरे लघुवित्त वित्तीय संस्था ५ दशमलव ५९, यूनिभर्सल पावर कम्पनी ३ दशमलव १२, सिदार्थ इक्विटी फण्ड दुई दशमलव ८३, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले दुई दशमलव ३९ प्रतिशतले गुमाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।