च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
कास्की - कतै फलेर बिक्री सुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर पाेखराका कृषक चिन्तामा छन् ।
वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा पाँच करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।
कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।
स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ ।
उहाँका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबार, कृषि विकास निर्देशनालय, मालेपाटन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार एवं पोखरा महानगरपालिका वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ कार्यालयमा क्षतिपूर्तिका लागि कृषकको मागसहित जानकारी पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।