अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
कात्तिक २२, २०८१ बिहिबार
रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्सले अहिलेसम्म चार पटक फाइनल खेल्दा तीनमा बाजी मारेको छ, जस अन्तर्गत मुम्बईले सन् २०१३ र २०१४ मा चेन्नई सुपर किंग्ससँग फाइनल खेलेको थियो ।
त्यस्तै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले तीन पटक उपाधि चुमिसक्दा आठौं पटक फाइनलमा पुगेको छ । चेन्नईका लागि यो सत्र निकै सुखदायी रह्यो । विशेषगरी दुई वर्ष निलम्बनमा परेको चेन्नईले गएको वर्ष उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेको थियो ।
फाइनलको नतिजा जे भए पनि यी दुईबीचको फाइनल खेलले एउटा याद गर्न लायक अध्यायलाई जोड्छ । चेन्नई फाइनल खेलमा मुम्बईविरुद्ध विशेष तयारीका साथ उत्रँदैछ । किनकि यो सत्रमा भएको तीन भेटमा चेन्नई तीनै पटक पराजित भएको छ ।
रोहित र टिमले चेन्नईको स्पिनरविरुद्ध विशेष सजग भएर प्रस्तुत गर्नुपर्छ किनकि अरु टिमका ब्याट्सम्यान इमरान ताहिर, हरभजन सिंह र रविन्द्र जडेजासामु संघर्ष गरिरहेका थिए । चेन्नईका तीव्र गतिका बलर दीपक चाहरले पनि निकै प्रभाव जमाएका छन् । उनले यो प्रतियोगितामा १९ विकेट लिइसकेका छन् ।
मुम्बईलाई फाइनलका लागि चार दिनको आराम मिलिसकेको छ भने चेन्नई यो सत्रमा मुम्बईविरुद्ध पहिलो जित निकाल्दै चौथो पटक उपाधि जित्न चाहन्छ ।
चेन्नईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने पहिलो पटक २०१३ मा चाखेको थियो भने २०१५ र २०१७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।
मुम्बईका रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्य कुमार यादव, क्वीन्टन डि कक, किरन पोलार्ड र जसप्रित बुमराह जारी प्रतियोगितामा फर्ममा रहेका छन् । यी खेलाडीको प्रदर्शनले उपाधि माथि प्रभाव पार्ने निश्चित जस्तै छ । मुम्बईमा युवा खेलाडीहरुको बाहुल्यता रहेकोमा चेन्नई भने अनुभवी खेलाडीको सम्मिश्रणमा रहेको छ ।
जसमा भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ । यसैगरी सुरेश रैना, फाफ डू प्लेसिस, शेन वाट्सन, ड्वान ब्राभो, हरभजन सिंह, इमरान ताहिरले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फाइनल खेल आइतबार राति पौने ८ बजे हैदराबादमा सुरु हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।