वाङ्ममय शताब्दी पुरुष जोशीकाे जन्मदिनकाे अवसरमा आज ललितपुरमा सार्वजनिक बिदा

 बैशाख ३०, २०७६ सोमबार ७:१०:३५ | रासस
unn.prixa.net

ललितपुर - वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मान ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।  

महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ । 

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न हुनुभएकाले महानगरले सोमबार बिदा दिने तथा उहाँका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिनुभयो ।  

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि  नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गत वर्ष नै ललितपुर महानगरपालिकाले उहाँलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो । 

यसैबीच ललितपुर महानगरपालिकाले साेमबार शताब्दी पुरुष सत्यमोहन जोशीकाे जन्म शताब्दीका अवसरमा विशेष कार्यक्रमकाे आयाेजना पनि गरेकाे छ । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया