च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
मकवानपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाण्डाै उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभएको छ ।
प्रदेशसभाको बुधबारको बैठकमा उहाँले भीमफेदी–काठमाण्डाै जोड्ने सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उहाँहरु छिट्टै काठमाण्डाै आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उहाँले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।