च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – सांस्कृतिक सम्पदाका दृष्टिले खुल्ला सङ्ग्रहालयका रुपमा रहेको पशुपति क्षेत्रको अस्तित्वमा आँच आउन नदिन तिलगङ्गा–ताम्रगङ्गा सडक(तिलगङ्गाबाट गुह्येश्वरी निस्कने सडक) बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र सर्वोच्च अदालतको आदेशमा सडक बन्द गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण ५०० मठ–मन्दिर, पाटीपौवा, घाट, विहार–चैत्य रहेको खुल्ला सङ्ग्रहालय भएकाले यसको संरक्षणका लागि सडक बन्द गर्नुपरेको जनाइएको छ ।
सडक बन्द गर्न युनेस्कोको मुख्य कार्यालयले सन् २०१२ मे ११ तारिखका दिन नेपाल सरकारकालाई पत्र लेखी तिलगङ्गा–ताम्रगङ्गा सडक बन्द नगरेर पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाइदिने चेतावनी दिएको थियो ।
अधिवक्ता तुलसी सिम्खडाले यो सडक बन्द गराउन सर्वोच्च अदालतमा हाल्नुभएको रिटमा नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई पटक–पटक सडक बन्द गर्न पत्राचार गरेको थियो ।
युनेस्को र सर्वोच्च अदालतका आदेश एवं मन्त्रालयको पटक–पटकको पत्राचार कार्यान्वयन गराउन कोषले गत पुस ३ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरी सडकमा पर्खाल लगाउन ठेक्का आह्वान गरेको थियो । जसअनुसार पीआर कन्स्ट्रक्सन भक्तपुरसँग गत वैशाख १२ गते सम्झौता भएको थियो ।
सम्झौताबमोजिम निर्माण व्यवसायीले वैशाख ३० गते सोमबारदेखि काम सुरु गरेकाले सडक बन्द भएको कोषका सदस्य सचिव डा. ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।