‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

 जेठ ४, २०७६ शनिबार २०:३९:२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ ।

सही रुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाण्डाैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिनुभयो । 

शनिबार महानगरीय प्रहरी वृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रियामा उहाँले समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिनेसमेत बताउनुभयो । 

समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र प्रहरीबीच सहकार्य गर्ने विषयमा शनिबारै चन्द्रागिरिमासमेत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । आजै गोंगबुमा समेत सामाजिक विकृति, विसङ्गति न्यूनीकरणसम्बन्धी कार्यक्रम गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया