सेप्टेम्बरमा ‘आकस्मिक निर्वाचन’ गर्ने अष्ट्रियाली राष्ट्रपतिको पहल

 जेठ ६, २०७६ सोमबार ६:५०:५४ | रासस
unn.prixa.net

काठमाण्डाै - अष्ट्रियाली राष्ट्रपति अलेक्जेण्डर भान बेलेनले आफुले आगामी सेप्टेम्बरमा आकष्मिक निर्वाचन गर्न चाहेको बताउनुभएको छ । राष्ट्रपतिको याे भनाई भष्टाचार काण्डलाई लिएर सरकार ढलेपछि आएको हो ।

नयाँ आकस्मिक निर्वाचनको मिति घोषणा भइसकेको छैन । तर राष्ट्रपति भान देर बेलेनले चान्सलर कुर्जसँगको भेटपछि सञ्चारकर्मीसँग भन्नुभयो, ‘मेरो पहल आकस्मिक निर्वाचन सेप्टेम्बरमा गर्नका लागि हुनेछ ।’

अष्ट्रियाली ‘भाइस चान्सलर’ तथा दक्षिणपन्थी दल फ्रिडम पार्टीका नेता हेन्ज क्रिश्चियन स्टार्चले आफुमाथि भ्रष्टाचारको आरोप लागेपछि नैतिकताका आधार देखाउँदै शनिबार पद तथा पार्टी नेतृत्वबाट राजिनामाको घोषणा गर्नुभएको थियो ।

उहाँमाथि राजनीतिक सहयोगका लागि सरकारी करार कुनै शक्तिशाली समूहलाई पारिदिन सम्झौता गरेको आरोप लागेको थियो । भाइस चान्सलरको राजिनामा चान्सलर सेवास्टियन कुर्जले स्वीकृत गर्नुभएको स्टार्चले बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया