क्यानडामा पनि सन्दीपको प्रभाव कायमै

 असार १९, २०७५ मंगलबार ८:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडामा भैरहेको ग्लोबल क्रिकेट लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव कायमै राखेका छन् । उनले खेलेको टिम मोन्ट्रेल टाइगर्सले लगातार हार ब्यहोर्दा सन्दीपले तेस्रो खेलमा पनि एक विकेट लिएका छन् ।

गएराति भएको भ्यानकुभर नाइट्स विरुद्धको खेलमा सन्दीपले चार ओभरमा १९ रन खर्चिँदै एक विकेट लिए । जसमा उनले एक ओभर मेडेन पनि गरेका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भ्यानकुभरले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो । उसका लािग ही भान डेर डुसेनले ८३ रन बनाए । बलिङतर्फ सन्दिपले जमैकन खेलाडी चान्डविक वाल्कोटको विकेट लिएका थिए ।

ब्याटिङमा पनि पुछारमा आएका सन्दीपले ७ रन बनाए । तर टिम भने १९ ओभर ४ बलमा एक सय ४८ रनमा अलआउट भयो ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया