च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
पाँचथर – पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । यो घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो ।
विसं २०५० मा भएको यो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । यो घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो ।
टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव दुलाल गरी (पाँच जना) को ज्यान गएको थियो । लुङरुपा–९ का कुवेर दुलाललाई छिमेकी नाँगीन गाविस वडा नं ३ सेजेपामा र उनकी श्रीमती सरस्वतीसँगै छोराछोरी कृष्ण, उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
यो घटनामा छोरी ज्ञानु र मनु बाँचेका थिए । मनुको भने विसं २०७३ मा अमेरिकामा हृदयघातका कारण निधन भएको थियो । ज्ञानु अहिले अमेरिकामा हुनुहुन्छ ।
बाबुआमा र भाइबहिनीको हत्या भएका बखत मनु नाँगीनको पिपलबोटे उच्च माविमा पढ्दै गरेको र ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन् । दुलाल परिवारको पनि खुकुरीले काटेर हत्या भएको थियो ।
परिवारभित्रै आपसी लेनदेन र राजनीतिक विषयमा विवाद भएपछि उनीहरुको हत्या भएकाले यो हत्याकाण्ड टिम्बुरे हत्याकाण्ड भनेर चर्चित छ ।
आरुबोटे हत्याकाण्ड
आरुबोटे हत्याकाण्डमा दुई परिवारको सोमबार राति खुकुरीले धेरै पटक हानेर विभत्स हत्या भएको थियो । पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको हो ।
७५ वर्षीय बमबहादुर फियाकको घरमा आई निजकै श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर फियाककी नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालो धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।
यसैगरी यही स्थान बस्ने ३४ वर्षीय धनराज शेर्मा, उनकी श्रीमती वर्ष ३५ की जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र छ वर्षीया इच्छा शेर्मासमेतको हत्या गरेको कुँवरको भनाइ छ ।
हत्याको अनुसन्धान जारी
आरुबोटे हत्याकाण्डमा हत्या भएका मृतकको शव परीक्षणका लागि विपी कोइराला प्रतिष्ठान लगिएको रवि इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक तेजनारायण यादवले बताउनुभयो ।
यादवका अनुसार काठमाण्डाैबाट आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरको विशेष टोलीले घटनाको बुधबार पनि अनुसन्धान जारी रहेको बताउनुभएको छ । मङ्गलबार हत्या भएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ । हत्या माखिमले नै गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।
हत्या भएको करिब पाँच किलोमिटरको दूरीमा माखिमको शव फेला परेको प्रहरी निरीक्षक यादवको भनाइ छ । शव झुण्डिएको स्थानको दुई किलोमिटर अगाडि एउटा झोला भेटिएको छ । झोलामा रगतले लतपतिएको कपडा र रगतले लतपतिएको एक थान खुकुरीसमेत फेला परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।