नेपालगञ्ज अब ‘फोहरी शहर’ रहेन

 जेठ ९, २०७६ बिहीबार १३:४९:३१ | रासस
unn.prixa.net

बाँके – नेपालगञ्जले अब ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइड (फोहर प्रशोधन केन्द्र) को निर्माण कार्य सम्पन्न भएपछि यो शहरले वर्षाैँदेखि सुन्दै आएको ‘फोहरी शहर’को कटाक्ष सुन्नु नपर्ने भएको हो ।

“अब टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्नेछन् र ल्याण्डफिल साइडमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गर्नेछौँ”, नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भन्नुभयो ।

यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । हो, त्यही फोहर ल्याण्डफिल साइडमा पुगेपछि मोहरमा परिणत गर्ने उपमहानगरपालिकाको योजना छ । ल्याण्डफिल साइडमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनियर प्रकाश डिसीले बताउनुभयो ।

“तपाईँहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर फोहरबाट मुक्त हुन्छ”, नगरप्रमुख डा. धवलशम्शेर राणाले भन्नुभयो, “सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई साथ भने दिनुपर्छ ।”

एशियाली विकास बैंक, शहरी विकास आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लगानी रु ३९ करोडमा डेढ वर्षअघि यो ल्याण्डफिल्ड साइडको निर्माण सुरु गरिएको थियो । सम्झौताअनुसार ल्याण्डफिल साइडको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भन्नुभयो, “उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डष्टविनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएकोे छ । एक वर्षपछि ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।”
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया