कांग्रेस सभापति देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ

 जेठ १०, २०७६ शुक्रबार ८:४१:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाइ तथा शुभकामना दिनुभएको छ । 

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिनुभएको हो । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताउनुभएको छ ।

नेपाली कांग्रेसस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया