जाडो छल्न पर्यटक चरा नेपाल आउने क्रम शुरू, पर्यटक चरामा पनि ज...
कात्तिक २३, २०८१ शुक्रबार
जिम्बावेविरुद्धको टी–२० त्रिकोणात्मक श्रृङ्खलामा अष्ट्रेलियाले २२९ रनको बलियो योगफल तयार पारेको छ ।
जिम्बावेको हरारेमा जारी श्रृङ्खलामा अष्ट्रेलियाले दुई विकेटको क्षतिमा २२९ रन बनाउँदा पाँचवटा अन्तर्राष्ट्रिय टी–२० कीर्तिमान कायम भए ।
ओपनर एरोन फिन्च र डार्सी सर्टले पहिलो विकेटका लागि २२३ रनको बलियो साझेदारी गरे । फिन्च र सर्टको जोरीले न्युजिल्याण्डका मार्टिन गप्टिल र केन विलियनसनको रेकर्ड तोडे । गप्टिल र विलियनसनले सन् २०१६ मा पाकिस्तानविरुद्ध १७१ रनको रेकर्ड बनाएका थिए ।
जिम्बावेविरुद्धको खेलमा १७२ रन बनाउँदै फिन्चले नयाँ कीर्तिमान कायम गरेका छन् । उनले आफ्नै नाममा रहेको १५६ रनको रेकर्ड सुधार गरेका हुन् । सन् २०१३ मा उनले इंग्ल्याण्डविरुद्धको खेलमा सो स्कोर बनाएका थिए । सबै प्रकारको टी–२० खेलमा भने सर्वाधिक रनको रेकर्ड क्रिस गेलको नाममा छ । उनले १७५ रन बनाएका थिए ।
फिन्च र सर्टले पहिलो विकेटका लागि १९.२ ओभर साझेदारी गरेका थिए । ११६ बल अहिलेसम्म कुनै पनि जोडीले खेल्न सकेका थिएनन् । यस अघि न्युजिल्याण्डका गप्टिल र विलियनसनले १०६ बल खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।