विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रुवाहक बस जलाए

 जेठ १३, २०७६ सोमबार ९:६:३९ | रासस
unn.prixa.net

सुर्खेत – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले सोमबार बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया