च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले साेमबार अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन होफवर्गमा भएको भेटमा उहाँहरूबीच दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताउनुभयो । उपराष्ट्रपति पुनले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरेको सहकार्यप्रति खुशी व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रूपमा जानरकारी गराउनुभएको थियो । भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याललगायत सहभागी हुनुहुन्थ्यो । उपराष्ट्रपति पुनले आजै होफवर्ग सङ्ग्राहलयमा भइरहेको नेपाली कला प्रदर्शनीको अवलोकनसमेत गर्नुभएको थियो ।/p>
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।