नगरक्षेत्रमा बनेका घरबाट खरको छानो हटाइँदै

 जेठ १४, २०७६ मंगलबार १२:५४:२४ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्र भित्र बनेका घरबाट खरको छाना हटाउने अभियान सुरु गरेको छ ।

आगलागीकाे घट्नालाई न्यूनिकरण गर्न र गरिब परिवारलाई सहयोग गर्न खरको छाना हटाएर निःशुल्क जस्तापाताले छाउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख बबिन्द्रलाल माझीका अनुसार खरको छाना हटाउन नगरपालिकाले स्थलगत रुपमा घरधुरी सर्वेक्षण गरी तथ्याङक समेत सङ्कलन गरिसकिएको छ ।

नगरपालिकाको १४ वटै वडामा रहेका करिब १३ हजार ५६८ घरधुरीमध्ये दुई सय २० घरधुरीले बनाएको घरको छाना खरले छाएको पाइएको र उनीहरुलाई आवश्यक जस्तापाता निःशुल्क उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खरको छाना हटाउने घरको विवरण सबै वडाबाट आइसकेको छ । अब घरको आकार हेरेर जस्तापाता दिन्छौं ।’ खरको छाना हटाउन विभिन्न आकारको घरको लागि एक हजार एक सय सात बण्डल जस्तापाता आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।

खरको छाना हटाउने र जस्तापाता खरिदका लागि आवश्यक पर्ने बजेट एक करोड पाँच लाख १६ हजार पाँच सय रुपैयाँ नगरपालिकाले बन्दोबस्त गरिसकेको छ । अबको केही दिनमा नै जस्तापाता खरिद गरी वितरण गरेर खरको छाना हटाउन सुरु गरिने समाजिक विकास शाखा प्रमुख माझीको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया