च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
ओखलढुङ्गा – काठमाण्डाै–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता काठमाण्डाैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो ।
झण्डै तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उहाँको भनाइ छ ।
यसअघि गएको असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान सुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताउनुभयो । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।
उहाँका अनुसार हरेक शुक्रबार काठमाण्डाै–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाण्डाै उडान भर्ने निगमको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।