च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
पाल्पा - कालीगण्डकीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । काली नदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक-पटक शालिग्रामबारे चासो राखिएको छ ।
कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लाग्नुभएका डाक्टर कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताउनुभयो ।
हिन्दू धर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा चालिसेले बताउनुभयो । कालीनदीमा बढी भएको पानी अर्कै बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिँचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ ।
कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करीब एक करोड बेलपत्र चढाइएको थियो । नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए ।
गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङ्टार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दू धर्मालम्बीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम सङ्कटमा पर्ने बताउनुभयो । नगरप्रमुख थापाले नदी डाइभर्सनले यसक्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले डाइभर्सन रोक्न छिटै हस्ताक्षर अभियान थाल्न लागिएको जानकारी दिनुभयो ।
रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, सङघ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
कालीनदीको केही भाग पानी मात्रै तराईमा सिंचाइका लागि लगिने हुुँदा कालीगण्डकी बेंसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका सङ्घीय सांसद दलबहादुर रानाले आग्रह गर्नुभयो । उहाँले कालीनदी वारिपारिका जमीन सिंचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पुर्याउने योजना ल्याउनुपर्ने बताउनुभयो ।
सांसद रानाले कालीनदी डाइभर्सन हुँदा मात्र होइन अहिलेदेखि नै धार्मिक एवं पुरातात्विक महत्व बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गर्नुभयो । कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम सङ्कटमा नपर्ने सांसद रानाको धारणा छ ।
'कालीगण्डकीकाे पानी तिनाऊमा खसाल्न दिँदैनाैँ'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।