विश्वकप क्रिकेट : अष्ट्रेलियाले वेष्ट इण्डिजलाई दियो २८९ रनको विजयी लक्ष्य

 जेठ २३, २०७६ बिहिबार १९:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई २८९ रनको विजयी लक्ष्य दिएको छ ।

नटिङ्घममा वेष्ट इण्डिजसँग टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनाएको हो ।

आजको खेलमा अष्ट्रेलियाका सुरुवाति ब्याट्सम्यान भने चल्न सकेनन् । अष्ट्रेलियाका ओपनर डेभिड वार्नर र एरोन फिन्च सस्तैमा आउट भए । वार्नर ३ रनमा आउट हुँदा फिन्च ६ रनमा आउट भए ।

अष्ट्रेलियाको इनिङलाई स्टिभ स्मिथ, एलेक्स क्यारी र नेथन कुल्टर नाइलले उकासेका थिए । स्टिम स्मिथले १०३ बलमा ७३ रन बनाए । त्यस्तै क्यारीले ५५ बलमा ४५ रन बनाउँदा नाइलले ६० बलमा ९२ रन बनाए । 

बलिङतर्फ वेष्ट इण्डिजका लागि कार्लोस ब्रेथ्वेटले ३ विकेट लिए । त्यस्तै ओसाने थोमस, शेल्डन कटरेल तथा आन्द्रे रसेलले २–२ विकेट लिए । त्यस्तै जेसन होल्डरले एक विकेट लिए । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया