च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी लगेर जावलाखेल पुर्याएका छन् ।
प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करिब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।
“रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भन्नुभयो, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पुर्यायाैँ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ ।
आइतबार राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने भएको छ । दर्शन गर्न आउने हजारौँ भक्तजनको भिडले साँझमा जावलाखेल भरिभराउ भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।