च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
मेक्सिकोले अन्तिम समयसम्म पनि आप्रवासीबारे चलिरहेको बहसमा अमेरिकालाई सहयोग गर्न तयार भए थप कर वृद्धि रोक्न सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासी शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्न मेक्सिकोलाई दवाव दिँदै आएको छ ।
‘मेक्सिकोले कर वृद्धिलाई रोक्न सकेसम्म मेहनत गरेको दुई देशका प्रतिनिधिहरूको छलफलका क्रममा बताइएको छ तर व्यवहारिकरूपमा आप्रवासी नियन्त्रणसम्बन्धी विषयलाई कार्यान्वयनमा लाने प्रतिबद्धता गरिएपछि दुई देशबीच सहमति सम्भव भएको हो । र यो सोमबारदेखि हुने भनिएको कर वृद्धि टार्न उत्तम उपाय हो’, राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटमार्फत बताउनुभएको छ, ‘यदि सम्झौतालाई कार्यान्वयनमा लान मेक्सिकोको पहल सफल भएमा दुबै देशका लागि सम्झौता कोशेढुङ्गा हुनेछ ।’
‘शुक्रबार राति घोषणा भएको सम्झौतामा मेक्सिकोले हिंसाग्रस्त ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट आप्रवासी शरणार्थीलाई फर्काउने विषयमा आफ्नो नीतिलाई परिवर्तन गर्न स्वीकार गरेको थियो भने अमेरिकाले यस अघि अमेरिका पुगेर शरणार्थीका लागि दावी गरिसकेकाको हकमा प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।’
सहमति अनुसार अमेरिकाले शरणार्थीलाई प्रवेशमा कडाई गरेमा उनीहरूलाई मेक्सिकोमा नै शरणार्थीको मान्यता दिन आवश्यक प्रक्रिया अघि बढाउने भन्दै अमेरिकाको आप्रवासनसम्बन्धी पछिल्लो नीतिलाई अस्वीकार गर्दै आएकोमा अब सहमति अनुसार अघि बढ्ने बताइएको छ ।
अमेरिकाले यदि मेक्सिकोसँग सहमति नजुटेको भए त्यहाँबाट अमेरिका आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो । मेक्सिकोबाट हरेक वर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।