सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु संवाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु पनि अघि बढनुपर्ने स्पष्ट पार्नुभयो ।
आइतबार राष्ट्रपति भवन शितल निवासमा त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनको उद्घाटन गर्दै उहाँले उच्च शिक्षालाई समयसापेक्ष र जनमुखी बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रपति भण्डारीले यो सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखी शिक्षाको प्रबर्द्धनमा सघाउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य रहेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुर्याउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिनल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्यातिप्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति खनियाँले बताउनु भयो ।