च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ - अघिल्लो हप्ता काठमाण्डौको सुन्धारामा एउटा निजी कार र ट्याक्सी एक आपसमा ठोक्किए । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन गरेका थिए । उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ ।
दुर्घटनाको गुनासो सुन्ने शाखाका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कार चालकको पहिलो गल्ती औँल्याउँदै भन्नुभयो,‘मापसे गरेर गाडी दौडाउनेबित्तिकै कानून विपरीत भैहाल्यो, यो घटनामा उनलाई मापसे कारबाहीबाहेक ठोक्किएको गाडीको क्षतिपूर्तिको प्रक्रिया समेत अघि बढ्छ ।’
छलफलमा मापसे गरेको स्वीकार गर्ने कार चालक गाडीको क्षतिपूर्ति भने ट्याक्सी चालकले तिर्नुपर्ने माग दावी गर्दै थिए ।
गएकाे आइतबार ललितपुरको धोबिघाटमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा पत्रकार गोविन्द शर्मासहित अर्का एक जनाको मृत्यु भयो । त्याे दुर्घटना पनि तीव्र गतिकै कारण भएको प्रहरीको अनुमान छ । यी दुई घटना मात्रै होइन, पछिल्लो समयमा देशमा भएका सवारी दुर्घटनामा चालकको लापरवाही बढी देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सङ्ख्यात्मक रुपमा दुर्घटनाको मात्रा बढ्न थालेको प्रहरीको भनाइ छ ।
महाशाखाको अभिलेखमा आर्थिक वर्ष २०७४-७५ मा छ हजार ३८१ सवारी दुर्घटनामा १९४ जनाको मृत्यु भएकाे र ४ हजार ५५२ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७५-७६ मा दुर्घटना बढेर ६ हजार ९८२ पुग्यो । त्यस दुर्घटनामा २११ जनाको मृत्यु र पाँच हजार ६५ जना घाइते भए ।
यस्ता दुर्घटनामा धेरै संख्यामा मोटरसाइकल परेका छन् । चालकको लापरवाही र तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको प्रहरीकाे विश्लेषण छ ।
काठमाण्डौको कलङ्की–कोटेश्वर क्षेत्रमा आठ लेन सडकमा भएको अधिकांश दुर्घटनामा चालकको लापरवाही र तीव्र गति कारक देखिएको छ । सम्भावित दुर्घटना स्थल क्षेत्रको पहिचान गरी आवश्यकता अनुसारको दुर्घटना न्यूनीकरण अभियान थालिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो ।
प्रहरीले कोटेश्वर-कलङ्की नमूना सडकको सर्भिस लेनमा प्रतिघण्टा २० किमी र मुख्य लेनमा ५० किमी प्रतिघण्टाको गति सीमित गरेको छ । ‘लेजर गन’बाट गति मापन गरी एक हप्तासम्म प्रचारात्मक कार्यक्रम भैरहेको र यही मङ्गलबारदेखि भने चालकलाई प्रमाण देखाएर कारबाही थालिने भएको छ ।
प्रहरीले यसअघि नै सुरु गरेको दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै पढाउँदै कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउन थालेको छ । दुर्घटनामा बढी मोटरसाइकलमा सवार व्यक्ति मृत्यु र घाइते हुने गरेकाले यो कार्यक्रम ल्याइएको ट्राफिक प्रहरी नायब उपरीक्षक रामबाबु रानाले बताउनुभयो ।
अहिलेसम्म ४० हजार चालकले शिक्षा लिइसकेको अभिलेख प्रहरीसँग छ । अब भने चारपाङ्ग्रे सवारीका चालकलाई पनि पढाउने तयारी गरिएको महाशाखा प्रमुख पन्तले बताउनुभयो ।
‘दुईपाङ्ग्रेलाई सडकमै रोकेर उनीहरुलाई ट्राफिक नियमबारे जानकारी दिइने, पर्चा वितरण गर्ने, उनीहरुलाई सचेत गराउने काम सडकमै हुन्छ, चारपाङ्ग्रेका चालकलाई निश्चित ठाउँमा लगेर प्रशिक्षण दिने तयारीमा छौँ, गति नियन्त्रण तथा नियमित जाँचलाई समेत तीव्रता दिन थालेका छौँ‘, पन्तले भन्नुभयो । अहिले उपत्यकामा चालक पढ्दै छन् तर दुर्घटना पनि बढ्दै छन् ।
प्रहरीले मापसे गरेर सवारी चलाउने, लेन मिच्नेलगायतलाई छुट्टै ट्राफिक कक्षा समेत सञ्चालन गर्दै आएको छ । दैनिक सयौँले कक्षा लिए पनि तथ्याङ्कले दुर्घटना न्यूनीकरण गर्न भने सकेको छैन ।
काठमाण्डौ उपत्यकामा २०७४ सालमा हर्न बजाउन निषेध गरिएको थियो । केही समय हर्न बजाउन रोकिएपनि कार्यान्वयन प्रभावकारी नहुँदा अहिले हर्न बजाउने क्रम बढ्दो छ ।
प्रहरीले अब फेरि हर्न निषेधलाई कडाइ गर्न थालेको छ । आइतबार र साेमबार प्रचारात्मक अभियान चलाउने र त्यसपछि प्रहरीले हर्न बजाउनेलाई कारबाहीको दायरामा ल्याउन लागेको महाशाखाले जनाएको छ ।
राससका लागि नारायण ढुंगानाले तयार पार्नुभएकाे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।