च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ ।
प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा बुधबार नै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । साथै प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले बुधबार दिउँसो शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली बुधबारै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।