विद्युत सर्ट हुँदा दुई तले घर जलेर नष्ट

 असार २१, २०७५ बिहिबार १६:५०:३७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सोलारको तार सर्ट भएर लागेको आगोबाट दुई तले घर जलेर नष्ट भएको छ ।

थलारा गाँउपालिका वडा नम्बर–१, की लक्ष्मीदेवी जोशीको घरमा राखिएको सोलारको तार सर्ट हुँदा २ तले घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो घरमा राखिएको सोलारको तार सर्ट भएर आगो लाग्दा घरमा भएको अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा कोही पनी नभएको समयमा आगलागी भएका कारण मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

तार सर्ट भएर सोलारको ब्याट्री पड्किएपछि घरमा आगलागी भएको थियो । असारको महिना सबै परिवार नै खेतबारीमा काम गर्न गएका बेला घरमा आगलागी भएको लक्ष्मादेवी जोशीले बताउनुभयो । आगोलाई स्थानीय बासिन्दा मिलेर निभाएकोे उहाँको भनाई छ । आगलागीबाट झण्डै २–३ लाख बराबरको क्षती भएको उहाँको भनाई छ  । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया