च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ ।
मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाण्डाै लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाण्डाैमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७/१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ । यो योजना पूरा भए मेलम्चीबाट अहिले लैजान लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।
याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न शुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनभयो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ को १५२ कित्ता र २ को ५५, ४ को ४४, ८ को ३६, ९ को छ र वडा नं ६ को चार कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गर्दै सूचना जारी गरिएको हो । जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ ।
तर, सूचना जारी भए पनि स्थानीयवासी मुआब्जा बुझ्न नआएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ का वडाध्यक्ष पासाङ स्याङबोले जनाउनुभयो । मुआब्जा लिन स्थानीयवासी नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयवासीलाई आग्रह गरेको उहाँको भनाइ छ ।
दोस्रो खण्डअन्तर्गतको याङ्ग्री र लार्केको पानी लैजानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केखोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डिपिआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो । यो आयोजना रु ३० अर्ब खर्च गरेर करीब चार वर्षभित्र काम सक्ने लक्ष्यका साथ शुरु गरिएको छ ।
गएको माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजना (पहिलो खण्ड) को काम शुरु गर्न नयाँ ठेक्का आह्वान भइसकेको छ । अब आयोजनाको काम डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । सँगै जग्गा अधिग्रहणलगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न बोलपत्रमा जाने योजना बनेको आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।