च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - 'श्रम ऐन, २०७४' ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी, काठमाण्डाै) का मजदुर बुधबारदेखि काममा फर्किएका छन् ।
श्रम तथा रोजगार कार्यालयले मजदुरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिनुभयो । श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानुनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदुरलाई आग्रह गरेको थियो ।
मजदुर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन । 'आन्दोलरत मजदुर सबै काममा फर्केका छन्', अध्यक्ष दाहालले भन्नुभयो, 'तर होटल व्यवस्थापनले अहिलेसम्म बुकिङ खुला गरेको छैन, व्यवस्थापकले गैरकानुनी बन्द कायमै राखेको छ ।' मजदूर काममा फर्किए पनि होटलमा कुनै चहलपहल देखिएको छैन ।
पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो । होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ । 'जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्', उहाँले भन्नुभयो, 'मजदूरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ ।'
मजदुरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरिएकाले बाध्य भएर सङ्घर्षमा उत्रिनुपरेको अध्यक्ष दाहालले बताउनुभयो ।
सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदुरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका थिए । मजदुर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो ।
व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो । हयातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० कोठा रहेको त्यस होटलमा करिब ४०० मजदुर कार्यरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।