वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना भएको जहाजको भग्नावशेष नहटाइँदा निजी हेलिप्याड प्रयाेग गर्नुपर्ने बाध्यता छ ।
२०७६ साल वैशाख १ गते समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरमा ठोक्किएको थियो । विमान दुर्घटना भएको लामो समयसम्म पनि विमानको भग्नावशेष नहटाइँदा विमानस्थलमा आउने यात्रु तथा चालकमा मनोवैज्ञानिक असर परिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटना भएको विमानको दर्ता खारेज गर्नुपर्ने भएकाले भग्नावशेष हटाउन समय लागेको बताइएकाे छ । विमानको भग्नावशेष नहटाइँदा निजी हेलिप्याड प्रयोग गर्नुपर्ने बाध्यता रहेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ।
मनाङ एयरलाइन्सका निर्देशक राजु न्यौपानेले अबको १५ दिनभित्र भग्नावशेष हटाइ सक्ने जानकारी दिनुभयाे। वैशाख १ गते भएको विमान दुर्घटना ३ जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।