च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
चितवन - तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको शुक्रबार निधन भएको छ ।
उहाँको नारायणगढस्थित आफ्नै निवासमा बिहान ११ः५५ बजे निधन भएको हो । २०६२ सालमा ‘मर्निङ वाक’को समयमा मोटरसाइकलले ठक्कर दिएपछि उहाँ अस्वस्थ बन्नुभएको थियो । त्यसयता उहाँको अधिकांश समय घरमा नै बित्ने गरेको थियो ।
चुके २०३५ मा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बन्नुभएको थियो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनापछि पनि उहाँ भरतपुर नगरपालिकाको मेयर बन्नुभएको थियो । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत हुनुभएको थियो । समाजसेवामासमेत उहाँको उत्तिकै सक्रियता थियो ।
उहाँको जन्म विसं १९९२ कात्तिक १ गते गुल्मी जिल्लाको वामीटक्सारमा भएको थियो । स्व चुकेको अन्तिम संस्कार देवघाटमा शनिबार बिहान गरिने भतिजा दिनेशकुमार चुकेले जानकारी दिनुभयो । दाहसंस्कार अघि अन्तिम श्रद्धाञ्जली दिनका लागि उहाँको पार्थिव शरीर चितवनको कांग्रेस पार्टी कार्यालयमा राखिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।