सिनामङ्गलमा दुर्घटना : १७ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

 असार १७, २०७६ मंगलबार १०:३३:१२ | रासस
unn.prixa.net

काठमाण्डाै – सिनामङ्गलमा बस र माइक्राेबस ठोक्किँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।
 
घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो ।

घाइतेको सिनामङ्गलमा रहेको काठमाण्डाै मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया