राहुल गान्धीकाे ‘ट्विटर प्रोफाइल’ फेरियो

 असार १९, २०७६ बिहिबार १७:५२:२५ | रासस
unn.prixa.net

भारतीय राष्ट्रिय का‌ंग्रेसको अध्यक्षबाट राजीनामा दिएका राहुल गान्धीले आफ्नो ट्विटर ‘प्रोफाइल’ परिवर्तन गरेका छन् ।

उनले आफ्नो ‘ट्विटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजीनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय कांग्रेसको सदस्य लेख्नुभएको छ ।

उनको ट्विटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारिक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय कांग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ ।

उनले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताएका थिए । उनले चाडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।   हालै भएको लोकसभा निर्वाचनमा कांग्रेसले अधिकांश ठाउँमा पराजय भएपछि उनले त्यतिबेलै राजीनामाको घोषणा गरेका थिए ।  

तर उनको राजीनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उनलाई पार्टी अध्यक्षको जिम्मेवारी नछाड्न आग्रह पनि गर्दै आएका छन् । 

यता राहुलले भने आफूले राजीनामा दिएलगत्तै आफ्नो ट्विटर अकाउन्टमा परिवर्तन गरिसकेका छन् । यस कारण पनि उनी अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाइ छ ।

राहुल गान्धीले दिए भारतीय कांग्रेसकाे अध्यक्षबाट राजीनामा

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया