घाँटी रेटेर किशोरीको हत्या प्रयास

 असार २३, २०७५ शनिबार १९:३६:५५ | मदन ठाकुर
unn.prixa.net

बारा – बाराको कलैयामा नचिनेका मानिसको समूहले एकजना किशोरीको हत्याको प्रयास गरेको छ । 

कलैया उपमहानगरपालिका वडा नम्बर–२, अवधापुरका रामदेव पटेलकी छोरी प्रितीकुमारीलाई शनिबार दिउँसो घाँटी रेटी हत्याको प्रयास गरेको बाराका प्रहरी नाायब उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिनुभयो । 

घरमा सुतिरहेको बेला दिउँसो १ बजेतिर घरको दुई तल्लामाथि चढेर उनको हत्याको प्रयास गरिएको उहाँले बताउनुभयो ।

घाइते किशोरीको कलैया अस्पतालमा उपचार भइरहेको छ । किशोरी घरमा एक्लै भएको बेला घटना भएको हो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया