जापानमा बाढीपहिरोको कहर : कम्तीमा ५० जनाको ज्यान गयो

 असार २३, २०७५ शनिबार २२:३४:४८ | एजेन्सी

जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । बाढीपहिरोमा परि दर्जनौँ हराइरहेका छन् ।

सबैभन्दा क्षति हिरोशिमा प्रिफेक्चर क्षेत्रमा भएको अधिकारीहरुले बताएका छन् । बिहीबारदेखि नै परेको मुसलधारे पानीका कारण यहाँका सयौँ घरहरु भत्किएका छन् । 

जापानमा १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान भनिएको छ ।

बेपत्ता मानिसहरुको खोजी तथा उद्धारमा सयौँको संख्यामा प्रहरी, कर्मचारी, अग्निनियन्त्रक तथा सेना खटिएका छन् । 

जापानको मौसम विभागका अनुसार शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म राजधानी टोकियोमा ५ सय ८३ मिलिमिटर पानी परेको थियो । केही दिन अझ पानी पर्ने मौसमविदले जनाएका छन् । आँधी तुफानको मौसम भएकाले नदी किनारका बस्तीहरु जोखिममा रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया