विषालु च्याउ खाँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

 असार ३०, २०७६ सोमबार ९:३६:४९ | रासस
unn.prixa.net

अछाम - अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको ज्यान गएकाे छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । अछामको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको ज्यान गएकाे हो ।

आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिनुभयो ।

जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया