रोहितको शतकसँगै भारतलाई ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला

 असार २५, २०७५ सोमबार ७:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डसँगको ३ ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला भारतले जितेको छ । तेस्रो खेलमा आइतबार राती इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारतले शृंखला जितेको हो ।

१ सय ९९ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतका रोहित शर्माले नटआउट १ सय रन बनाए । रोहितले ५६ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १ सय रन पुरा गरेका हुन् । लोकेश राहुल १९ र शिखर धवन ५ रनमै आउट भए पनि कप्तान विराट कोहलीले ४३ रन बनाए । विराटले २९ बल खेले । त्यस क्रममा उनले २ चौका र त्यति नै छक्का प्रहार गरे ।

अलराउण्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या ३३ रनमा नटआउट रहे । उनले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । व्रिष्टोलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । इग्ल्याण्डका ज्यासन रोयले ६७ रन बनाए । मात्र ३१ बल खेल्दै रोयले ७ छक्का र ४ चौका प्रहार गरे । भारतका लागि हार्दिक पाण्ड्याले ४ विकेट लिए । भारत र इग्ल्याण्डले ३ वटा एक दिवसीय र ५ वटा टेष्ट क्रिकेट खेल्नेछन् ।


 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया