संसदमा डाक्टर केसीको अनसनसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदै

 असार २५, २०७५ सोमबार १४:१४:३३ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभामा डाक्टर गोविन्द केसीको अनसन तथा चिकित्सा शिक्षा विधेयक सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदैछ ।

मुख्य विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद दिलेन्द्र बडुले दर्ता गराएको प्रस्ताव सोमबारको बैठकमा राखिने संसद सचिवालयले जनाएको हो । प्रस्तावमा यसअघिको सरकारले ल्याएको अध्यादेश अनुसारकै चिकित्सा शिक्षा विधेयक ल्याई तत्काल गोविन्द केसीको अनसन तोडाउने र केशीको उपचार गराउनुपर्ने उल्लेख गरिएको छ ।

मेडिकल शिक्षाको सुधारको माग गर्दै डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आमरण अनशन सुरु गरेपछि कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

यसैबीच प्रतिनिधिसभाको सोमबारको बैठकले संसदीय सुनुवाई समितिमा रहने सांसदको नाम अनुमोदन गर्दैछ । नाम अनुमोदनपछि समिति गठन हुनेछ । सुनुवाई समिति नहुँदा प्रधानन्यायाधिश लगायत संवैधानिक नियुक्तिको बाटो खुल्नेछ । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया