च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
सिराहा – पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको शुक्रबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो ।
देशमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहनुभएको थियो । उहाँका दुई छोरा र छोरी छन् ।
उहाँको जेठो डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुनुहुन्छ । स्व. सिंहको शुक्रबार नै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।