पार्टीलाई पुरानै अवस्थामा फर्काउँछु : सभापति देउवा

 असार २५, २०७५ सोमबार १४:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउने दाबी गर्नु भएको छ । 

सभापति देउवाले कमजोरीलाई स्विकार गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कांग्रेसलाई अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा पनि गर्नुभयो । सोमबार काठमाडौंमा पार्टीका पुराना नेता, कार्यकतासँगको सामूहिक भेटमा उहाँले जिल्ला पार्टी कमिटीहलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियान नै संचालन गर्ने योजना अघि सार्नुभयो । 

सभापति देउवाले चुनाव हार्नुको बास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप नगर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप पनि लगाउनु भयो । वरिष्ठ नेता पौडेलले पार्टीलाई बलियो बनाउन आफूले दिएको सुझाव सभापति देउवाले कार्यान्वयन गर्न नचाहेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया