सात वर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा नाडाल

 असार २६, २०७५ मंगलबार ६:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर दुई स्पेनिस स्टार राफायल नाडाल सन् २०११ पछि विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

साेमबार राति भएको तेस्रो चरणको खेलमा चेक गणतन्त्रका जेरी भेसेलीलाई तीन सेटमा हराउदै नाडालले अन्तिम आठमा प्रवेश गरे ।

दुई पटकको विजेता नाडालले अब पाँचौ बरियताका अर्जेन्टिनी जुवान मार्टीनसंग खेल्ने छन्  ।लण्डनको सेन्टर कोर्टमा नाडालले भेसेलीमाथि ६-३,६-३ र ६-४ को सोझो सेटमा पराजित गरे । 

जितसँगै ३२ वर्षीय नाडालले ७ वर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन् । नाडालले यसअघि सन् २०११ मा क्वाटरफाइनल यात्रा तय गरेका थिए ।

 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया