नेयमारलाई अनुबन्ध गर्न पीएसजीसामु रियलकाे ११० मिलियन पाउन्डसँगै लुका माेड्रिचकाे प्रस्ताव

 साउन २३, २०७६ बिहिबार १५:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनी क्लब रियल मड्रिडले इटालियन क्लब पीएसजीका फरवार्ड नेयमारलाई अनुबन्धित गर्नका लागि पीएसजीसामु ठूलो रकमको प्रस्ताव राखेको छ । 

ब्राजिलका स्ट्राइकर नेयमारको लागि रियलले ११० मिलियन पाउन्ड र २०१८ को बालोन डी ओर विजेता लुका मोड्रिचको प्रस्ताव राखेको बताइएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रियलले लुका मोड्रिच र नेयमारलाई साट्ने प्रस्ताव गरेको हो, जसका लागि रियलले ११० मिलियन पाउन्ड पनि जोडेको छ । २७ वर्षीय नेयमारको बार्सिलोना फर्कने चहाना पूरा नहुने भएपछि उनलाई अनुबन्धित गर्न रिलयलले रुचि देखाएको हो ।

ब्राजिलियन स्टारको भविष्य पिएसजीमा अन्योल देखिएपछि रियलले नेयमारमाथि चासो देखाउनु ठूलो कुरा हो तर हजार्ड र लुका जोभिक जस्ता खेलाडी अनुबन्धित गरिसकेको हुनाले पनि नेयमारलाई ल्याउने यो रियललको अन्तिम प्रयास हुनसक्ने बताइएको छ । 

पीएसजीले नेयमारलाई सहजै नबेच्नुको मुख्य कारण सन् २०१७ मा उनलाई अनुबन्धित गर्नका लागि तिरेको १९८ मिलियन पाउन्ड बराबरको कीर्तिमानी रकम हो । जुन रकम तिर्न जुनसुकै क्लब समर्थ देखिँदैनन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • chitra

    Aug. 8, 2019, 5:48 p.m.

    PSG is not Italian club स्पेनी क्लब रियल मड्रिडले इटालियन क्लब पीएसजीका फरवार्ड नेयमारलाई अनुबन्धित गर्नका लागि पीएसजीसामु ठूलो रकमको प्रस्ताव राखेको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया