पोखरीमा पसेको गोहीको उद्धार

 साउन ३१, २०७६ शुक्रबार १०:५:५५ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली – टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् । 

पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज ढुङ्गाना, स्थानीय संरक्षणकर्मी रामकृष्ण चौधरी, धनीराम रेग्मीलगायतले गोहीको उद्धार गरेका थिए ।

पथरैया नदीबाट माछा पोखरी एक किलोमिटरको दूरीमा पर्छ । डल्फिन संरक्षण समितिका अध्यक्ष ढुङ्गानाका अनुसार भाले जातको गोही  डेढ मिटर लामो र १५ किलो तौलको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया