बिषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी

 असार २७, २०७५ बुधबार १९:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ –  बिषालु च्याउ खादा एकै परिवारका तीन जना बिरामी भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १ भमकेका होताराम भण्डारीको तीन जनाको परिवार च्याउ खाएका कारण बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिषालु च्याउ खादा भण्डारीकी श्रीमती खगी भडारी र छोरा टीकाराम भण्डारी बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

बिरामीहरुको राप्ती अञ्चल अस्पतालको प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया