बाढीका कारण रोग फैलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन

 असार २९, २०७५ शुक्रबार ५:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी, पहिरो र डुबानबाट हुने स्वास्थ्य समस्या समाधानका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बाढी, पहिरो र डुबानबाट रोगको प्रकोप फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन मातहतका सबै निकायलाई निर्देशन दिइएको जानकारी दिनु भएको हो ।

मन्त्रालयले विदामा नबसी बाढी, पहिरो र डुबान पीडितहरुलाई सहयोग गर्न पनि मातहतका कर्मचारीलाई सचेत गराएको छ । सहसचिव बुर्लाकोटीले वर्षाको यो विषम परिस्थितिमा अस्पताललगायतका अति संवेनदशील क्षेत्रमा बन्द, हडताल जस्ता कुनै पनि गतिविधि नगर्न पनि सचेत गराइएको स्पष्ट पार्नु भयो ।

स्वास्थ्य मन्त्रालयले विपदमा परेकाहरुलाई राहत दिन जिल्ला, जिल्लामा स्वास्थ्यकर्मी र औषधिको थप व्यवस्था गरिएको पनि जनाएको छ ।

मन्त्रालयले मातहतका सबै निकायमा पठाएको परिपत्रमा प्राकृतिक विपदका बेला नागरिकको सेवामा नजुटने कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया