सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिका-१० का वडाध्यक्ष माणिकलाल मुक्तानले आफ्नै वडा कार्यालयलाई १५ धुर जग्गा पास गरेर दिनुभएकाे छ ।
वडाध्यक्ष मुक्तानले १५ धुर जग्गा निःशुल्क पास गरेर दिएको त्यसै वडाका सचिव रामचन्द्र शिवाकोटीले जानकारी दिनुभयाे । आफ्नै वडा कार्यालय भाडामा राखिरहनु परेकोले जग्गा उपलब्ध गराएकाे वडाध्यक्ष मुक्तानकाे भनाइ छ ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित मुक्तानले बिहीबार कैलाश गाउँपालिकाका सामाजिक परिचालक मोहन पौडेल र वडासचिव शिवाकोटीको रोहवरमा मालपोत कार्यालयमा कित्ता नम्बर १५७९ को १५ धुर जग्गा पास गरेर दिनुभएकाे हाे ।
अब केही समयमा नै आफ्नै जग्गामा भवन बनाएर वडा कार्यालय सञ्चालन गरिने उहाँले बताउनुभयाे ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।