प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता

 भदौ २३, २०७६ सोमबार १८:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे छ । 

प्रधानमन्त्री ओलीलाई भेट्न विदेश मन्त्री वाङ बालुवाटार पुग्नु भएकाे थियाे । नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वकाे टाेलीसँग मन्त्रीस्तरीय वार्ता गरेर सहमति पत्रमा हस्ताक्षर गरेलगतै प्रधानमन्त्री ओलीलाई भेट्न विदेशमन्त्री बालुवाटार पुग्नुभएकाे थियाे । 

प्रधानमन्त्रीसँगकाे भेटमा दुई देशबीचकाे सम्बन्ध र आपसी हितका बारे कुराकानी भएकाे थियाे । चिनियाँ विदेश मन्त्री वाङले साेमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।

यस्तै चिनियाँ विदेश मन्त्री यीले मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ । विदेश मन्त्री यी मंगलबार नै स्वदेश फर्कँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया