कजाकिस्तानमा दुर्लभ मानिने पाँच सयभन्दा धेरै सामुन्द्रिक सिल म...
कात्तिक २३, २०८१ शुक्रबार
भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी भएको छ । इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारतलाई ५० ओभरमा २ सय ३६ रनमा अलआउट गर्दैै इंग्ल्याण्ड विजयी भयो ।
भारतका शुरेश रैनाले ४६, विराट कोहलीले ४५ र महेन्द्रसिंह धोनीले ३७ रन बनाएपनि टीमलाई जिताउन सकेनन् । इग्ल्याण्डका लियम प्लङ्किटले ४ विकेट लिए ।
पहिले ब्याटिङ गरेको इग्ल्याण्डले जोय रुटको १ सय १३ रनको सहयोगमा ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।
इंग्ल्याण्डको जितसँगै तीनवटा एकदिवसीय खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।