उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
उदयपुर – ६ दिन अघि उदयपुरको त्रियुगा नगरपालिका–१, का ३० वर्षका सुशीलकान्त चौधरीको हत्या गरेको अभियोगमा ४ जनालाई उदयपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न एक महिलासहित ४ जनालाई सार्वजनिक गरेको हो । ४ दिनअघि वेपत्ता भएका चौधरीको शव शुक्रबार त्रियुगा नगरपालिका–१, स्थित कङ्ग खोलामा बालुवाले पुरेको अवस्थामा फेला पारेको थियो ।
शव फेला पर्ने बित्तिकै अनुन्धान थालेको उदयपुर प्रहरीले हत्यामा संलग्न त्रियुगा नगरपालिका–१, का सन्चमाया तामाङ, तिलक तामाङ, शंकर तमाङ र एकबहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका ४ जनाले चौधरीको हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । पक्राउ परेका ४ जनालाई कर्तव्य ज्यान मुद्धा चलाएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।