सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
मकवानपुर – थाहा नगरपालिका ५ को कार्यालयमा आगजनी गरेको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुसँग अनुसधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताउनुभयो । यसअघि पनि श्रृङ्खलाबद्ध रुपमा आगजनी भएका थिए । त्यसलगतै वडा कार्यालयमा पनि पनि आगजनी भएको हो ।
आइतबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय पालुङले पाँच जनालाई पक्राउ गरेको हो । आइतबार राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टीतेल छर्किएर आगो लगाएको बताइएको छ ।
पेट्रोल तथा मट्टीतेल लगिएको बोतल कार्यालय छेउवमा नै भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर गुरुङले बताउनुभयो ।
आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयोजनका सामग्री जलेको प्रहरीले जनाएको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।